रसुवा विपद् उद्धारमा सबै एकजुट हौँ : हर्क साम्पाङ

  • कालिका खवर
  • बुधबार, भदौ १०, २०८३
  • काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले रसुवामा गएको बाढीका कारण विपद्का पीडितलाई तत्काल राहत र उद्धार गर्न एक जुट्नु हुनुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा सांसद राईले यो विपद्बाट गहिरो पाठ सिक्दै राष्ट्रिय सङ्कटको रूपमा लिनुपर्ने धारणा राखे । उनले सबै राजनीतिक दलले मिलेर राहत उद्धारमा सक्रिय हुनुपर्ने सुनाए । उनले भने, “विपद्बाट जोगिन ‘प्रोएक्टिभ’ योजना बनाउनुपर्छ । विपत्का बेलामा चाहिले हेलिकप्टर, सामग्री, विपद् व्यवस्थापनसँग जुध्न सक्ने उपकरण र जनशक्ति तयार पार्नुपर्छ ।” त्यस्तै, विपद्को सूचना संयन्त्रलाई प्रभावकारी बनाउन पनि सरकारसमक्ष आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar