राजु खड्काद्वारा ‘आमाको घर आश्रम’लाई ५० हजार सहयोग

  • कालिका खवर
  • मङ्लबार, भदौ ९, २०८३
  • काठमाडौं । नेपाल रिकन्डिसन अटो व्यवसायी संघका सदस्य राजु खड्काले सामाजिक संस्था ‘आमाको घर’लाई ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

    नेपाल रिकन्डिसन अटो व्यवसायी संघको ११औँ वार्षिक साधारणसभाको अवसरमा खड्काले आमाको घर संस्थालाई उक्त रकम सहयोग गरेका हुन्। सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको उनले बताए।

    सहयोग हस्तान्तरण गर्दै खड्काले भने, “सामाजिक सेवामा आफ्नो तर्फबाट केही योगदान गर्नुपर्छ भन्ने उद्देश्यले आमाको घरलाई ५० हजार रुपैयाँ सहयोग गरेको हुँ। आगामी दिनमा पनि आफ्नो क्षमताअनुसार सामाजिक कार्यमा सहयोग गर्ने प्रयास गर्नेछु।”
    संघको साधारणसभामा व्यवसायी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar