सुजुकी नेपालले सार्वजनिक गर्‍यो नयाँ ‘ब्रेजा’, टर्बो इन्जिन र ६–स्पिड म्यानुअल ट्रान्समिसनसहित

  • कालिका खवर
  • सोमवार, भदौ ८, २०८३
  • काठमाडौं । नेपालमा सुजुकी गाडीहरूको अधिकृत वितरक सुजुकी नेपालले नयाँ पुस्ताको ‘न्यू ब्रेजा’ सार्वजनिक गरेको छ। नयाँ ब्रेजा पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनसहित नेपाली बजारमा आएको हो।

    नयाँ लुक, शक्तिशाली इन्जिन तथा थप सुरक्षा र प्रविधियुक्त फिचरका साथ आएको ब्रेजालाई सहरको दैनिक आवतजावतदेखि लामो दूरीको यात्रासम्मका लागि लक्षित गरिएको कम्पनीले जनाएको छ।

    न्यू ब्रेजा टर्बो बुस्टरजेट इन्जिनले ५,५०० आरपीएममा अधिकतम ८१ किलोवाट शक्ति तथा २,००० देखि ३,५०० आरपीएममा १७० न्यूटन–मिटर टर्क उत्पादन गर्छ। यससँगै नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध छ।

    यसका साथै प्रोग्रेसिभ स्मार्ट हाइब्रिड प्रविधिसहितको के१५सी डुअल जेट, डुअल भीभीटी इन्जिन पनि उपलब्ध छ। उक्त इन्जिन ६–स्पिड म्यानुअल ट्रान्समिसन तथा स्टियरिङमा जडित प्याडल सिफ्टरसहितको ६–स्पिड स्वचालित ट्रान्समिसन विकल्पमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    डिजाइनतर्फ नयाँ स्मोक क्रोम ग्रिल, मेटालिक ग्रे बुल बार तथा स्किड प्लेट डिजाइन, परिमार्जित डुअल–टोन साइड क्ल्याडिङ र नयाँ प्रिसिजन–कट अलोय ह्विल राखिएका छन्। भित्री भागमा गाढा खैरो र कालो डुअल–टोन थिम, मेटालिक सफ्ट टच फिनिस, ग्लस ब्ल्याक एक्सेन्ट तथा नयाँ प्लस लेदरेट सिट उपलब्ध छन्।

    न्यू ब्रेजामा भेन्टिलेटेड फ्रन्ट सिट, अटोप्युरिफाइ तथा वायु गुणस्तर (एक्यूआई) डिस्प्लेसहितको पीएम२.५ फिल्टर र एक्टिभ कुलिङसहितको वायरलेस स्मार्टफोन चार्जरजस्ता सुविधा छन्। २५.६५ सेन्टिमिटर (१०.१ इन्च) टचस्क्रिन तथा इनबिल्ट इन्टरनेट कनेक्टिभिटीसहितको स्मार्टप्ले प्रो एक्स इन्फोटेनमेन्ट प्रणालीमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले उपलब्ध छन्।

    आर्कामिसद्वारा ट्युन गरिएको प्रिमियम साउन्ड सिस्टम तथा ६४ रङमा मिलाउन सकिने एम्बियन्ट लाइटिङले केबिन अनुभवलाई थप प्रिमियम बनाउने कम्पनीको भनाइ छ।

    सुरक्षाका लागि अल्ट्रा हाई–टेन्साइल तथा हाई–टेन्साइल स्टिलको व्यापक प्रयोग गरिएको बडी स्ट्रक्चर रहेको छ। नयाँ सुरक्षा फिचरमा लेन चेन्ज अलर्टसहितको ब्लाइन्ड स्पट वार्निङ, रियर क्रस ट्राफिक अलर्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस), इमर्जेन्सी स्टप सिग्नल र एक्जिट सपोर्ट वार्निङ समावेश छन्।

    त्यस्तै, तीन नयाँ भ्युका साथ परिष्कृत ३६० डिग्री क्यामेरा तथा अगाडि र पछाडिका पार्किङ सेन्सर उपलब्ध छन्। नयाँ सुजुकी ब्रेजाले वयस्क तथा बालबालिका सुरक्षातर्फ भारत एनसीएपीबाट ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ।

    नयाँ ब्रेजासँगै भाइभेसियस अरेन्ज र लस्ट्रस बेज गरी दुई नयाँ रङ थपिएका छन्। यसबाहेक पर्ल ब्लुइस ब्ल्याक, म्याग्मा ग्रे, सिज्लिङ रेड, स्प्लेन्डिड सिल्भर र पर्ल आर्कटिक ह्वाइट रङमा पनि गाडी उपलब्ध हुनेछ। डुअल–टोन विकल्पमा ब्लुइस ब्ल्याक छानासहितको लस्ट्रस बेज, आर्कटिक ह्वाइट र सिज्लिङ रेड उपलब्ध छन्।

    न्यू ब्रेजा भदौ ९ देखि १४ गते (२५–३० अगस्ट २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२६ मा सुजुकी प्याभिलियनको स्टल ‘ए–२’ मा प्रदर्शनमा राखिनेछ। दर्शकले त्यहाँ गाडी अवलोकन गर्नुका साथै टेस्ट ड्राइभ बुक गर्न र सुजुकीका विभिन्न मोडेलका फिचरबारे जानकारी लिन सक्नेछन्।

    न्यू ब्रेजा सुजुकी नेपालका अधिकृत सोरुमहरूमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar