जय मल्टिपल कलेज बन्यो ANNFSU Valley Futsal Tournament–२०८३ को विजेता

  • कालिका खवर
  • शनिबार, साउन ३०, २०८३
  • काठमाडौं । उपत्यका प्रदेशस्तरीय ANNFSU Valley First Futsal Tournament–२०८३ को उपाधि जय मल्टिपल कलेजले जितेको छ। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सहभागी ४५ टिमबीचको रोमाञ्चक प्रतिस्पर्धामा जय मल्टिपल कलेज प्रथम, नेपाल काष्टमण्डप कलेज दोस्रो र विश्व निकेतन तेस्रो भएका हुन्।

    प्रतियोगिताको विजेता जय मल्टिपल कलेजले रु. १ लाख ११ हजार १११, दोस्रो भएको नेपाल काष्टमण्डप कलेजले रु. ५५ हजार ५५५ तथा तेस्रो भएको विश्व निकेतनले रु. २३ हजार ५५५ नगद पुरस्कार प्राप्त गरेका छन्।

    प्रतियोगिताको समापन कार्यक्रममा अनेरास्ववियु उपत्यका प्रदेश कमिटी संयोजक रवि मगरले अध्यक्षता गरेका थिए। कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष दिपक धामी प्रमुख अतिथिका रूपमा सहभागी थिए।

    त्यस्तै, जनसंगठन समन्वय समन्वय प्रमुख विशाल भट्टराई, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं विद्यार्थी इन्चार्ज रश्मि आचार्य, अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष विकास श्रेष्ठ र केन्द्रीय कमिटी महासचिव अन्जना सिवाकोटीलगायतको उपस्थिति रहेको थियो।

    प्रतियोगितामा विद्यार्थी तथा युवा खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ। दुई दिनसम्म चलेको प्रतियोगिताले कलेजस्तरमा फुटसलप्रतिको आकर्षण बढाउनुका साथै विद्यार्थीबीच खेलकुदमार्फत सहकार्य र प्रतिस्पर्धाको वातावरण निर्माण गर्न योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

    प्रतियोगिताबारे जानकारी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एवं उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज नितेश लामिछानेले दिएका हुन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar