पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ‘अस्वस्थ’, अस्पताल भर्ना

  • कालिका खवर
  • बुधबार, साउन १३, २०८३
  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । भट्टराईलाई चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई मंगलबार बेलुका नै काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको उनकी छोरी मानुषी भट्टराईले जानकारी दिइन् ।

    मानुषीका अनुसार, चिकित्सकहरूले उनमा बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगोको लक्षण देखिएको बताएका छन् । मानुषीले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अन्य सबै स्वास्थ्य परीक्षण रिपोर्टहरू सामान्य रहेको बताएकी छन् । डा. भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनले जानकारी दिएकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar