बेलायतमा रहेका राकेश शाह इन्जिनियरिङसँगै नेपाली–मैथिली मनोरञ्जन क्षेत्रमा सक्रिय

  • कालिका खवर
  • मङ्लबार, असार ३०, २०८३
  • काठमाडौं । बेलायतको स्कटल्यान्डस्थित एडिनबर्गमा बसोबास गर्दै आएका राकेश शाह इन्जिनियरिङ पेशासँगै नेपाली तथा मैथिली मनोरञ्जन क्षेत्रमा सक्रिय रूपमा योगदान दिँदै आएका छन्। उनी आदर्श प्रोडक्सन्सका संस्थापक तथा गीतकार–निर्माता हुन्।

    नेपालको लहानमा जन्मिएका शाहले भारतको गुरु नानक इन्स्टिच्युसन्स टेक्निकल क्याम्पस, जवाहरलाल नेहरू टेक्नोलोजिकल विश्वविद्यालय (JNTU), हैदराबादबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा बेलायतको हेरियट–वाट विश्वविद्यालय, स्कटल्यान्डबाट कन्स्ट्रक्सन प्रोजेक्ट म्यानेजमेन्ट विषयमा स्नातकोत्तर (MSc) उपाधि हासिल गरेका छन्।

    हाल निर्माण परियोजना व्यवस्थापन क्षेत्रमा कार्यरत शाहले आफ्नो व्यावसायिक अनुभवलाई मनोरञ्जन उद्योगसँग जोड्दै आएका छन्। आदर्श प्रोडक्सन्समार्फत उनले नेपाली र मैथिली भाषामा म्युजिक भिडियो, वेब सिरिज तथा चलचित्र निर्माण गरिरहेका छन्।

    गीतकारका रूपमा उनले ‘के तिमी मलाई माया गर्छौ’ र ‘कसरी भनूँ तिमीलाई’ जस्ता गीत लेखेका छन्। निर्माता रूपमा ‘न्यानो साथ’, ‘कसरी भनूँ तिमीलाई’, ‘के तिमी मलाई माया गर्छौ’, ‘जाने मान्छे गईहाल्छ छोडेर’ लगायतका नेपाली म्युजिक भिडियो निर्माण गरेका छन्। मैथिली भाषामा पनि ‘चेहरा या चाँदनी गोरी’, ‘प्रियतम के हाथ’, ‘जवानी काफी’, ‘चालू अपन देश’ र ‘आहा के चेहरा’ लगायतका म्युजिक भिडियो निर्माण गरिसकेका छन्।

    शाह नेपाली तथा मैथिली भाषामा निर्माण गरिएको वेब सिरिज ‘आरती’का क्रियटिभ प्रोड्युसर हुन्। साथै, नेपाली, मैथिली, हिन्दी र भोजपुरी भाषामा निर्माणाधीन बहुभाषिक चलचित्र ‘प्रतिवैरम्’का निर्माता पनि रहेका छन्।

    आदर्श प्रोडक्सन्समार्फत उनले मौलिक कथा र सिर्जनालाई प्राथमिकता दिँदै विभिन्न कलाकार, गायक–गायिका तथा चलचित्रकर्मीसँग सहकार्य गरिरहेका छन्। बेलायतमा रहेर पनि नेपालमा निर्माण भइरहेका मनोरञ्जनसम्बन्धी परियोजनाको योजना, विकास र निर्माण प्रक्रियामा सक्रिय संलग्न रहेका शाहले आधुनिक प्रविधि र व्यावसायिक व्यवस्थापनलाई नेपाली चलचित्र तथा डिजिटल सामग्री निर्माणमा प्रभावकारी रूपमा प्रयोग गर्ने लक्ष्य लिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar