प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

  • कालिका खवर
  • सोमवार, असार २२, २०८३
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

    प्रतिनिधिसभाको बैठकमा उनले नेपालमा आयात गरिएको १६ वटा ल्याण्डरोभरमध्ये ६ वटा डिजेल सवारीलाई झुटो विवरण प्रयोग गरी हाइब्रिड भनेर छली गरेर प्रयोगमा ल्याइएको उनले बताएकी हुन् । जसमा प्रधानमन्त्री चुनावमा चढेको ल्याण्डरोभर पनि रहेको उनको भनाइ छ ।

    डिजेल गाडीलाई पेट्रोल गाडी भनेर कर छलेर राज्यलाई एउटा गाडीमा करिब १ करोड नोक्शानी पुर्‍याइएको उनले उल्लेख गरिन् । यो कुरा अख्तियारको अनुसन्धानबाट पनि प्रमाणित भएको तर अहिलेसम्म अभियोजना नभएकोमा उनले आपत्ति जनाएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar