ईभी हाइस दुर्घटना हुँदा ८ जना घाइते

  • कालिका खवर
  • मङ्लबार, असार ९, २०८३
  • काठमाडौं : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा सोमबार राति ईभी हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

    पोखराबाट कपिलवस्तुतर्फ जाँदै गरेको बा.प्र.०२–००३ च १२०५ नम्बरको हाइस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

    दुर्घटनामा चालकसहित कपिलवस्तु र आसपासका यात्रुहरू घाइते भएका छन्। घाइतेमध्ये १८ महिनाकी बालिका पनि रहेकी छन्। सबै घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar