ट्रम्पले भने– इरानसँग कूटनीतिक सम्पर्क टुटेको छैन, वार्ता जारी छ

  • कालिका खवर
  • बुधबार, जेष्ठ २०, २०८३
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच वार्ता रोकिएको भन्ने खबरमा सत्यता नरहेको बताएका छन् ।

    ट्रम्पले पश्चिम एसियामा जारी तनावका बाबजुद दुवै देशबीच संवाद निरन्तर रहेको बताएका छन् । सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेख्दै उनले वार्ता टुटेको भन्ने दाबी पूर्ण रूपमा गलत भएको उल्लेख गरेका छन् ।

    केही दिनदेखि दुवै पक्षबीच लगातार छलफल भइरहेको उनले प्रस्ट पारेका छन् ।

    ट्रम्पले इरानमाथि नयाँ सम्झौताका लागि कडा दबाब पनि सिर्जना गरेको बताइएको छ । उनले यो वार्ता कहाँ पुग्छ भन्ने कसैलाई थाहा नभएको बताउँदै भने, “तर मैले इरानलाई भनेको छु, अब तपाईंहरूका लागि सम्झौता गर्ने समय आएको छ । तपाईंहरू ४७ वर्षदेखि यही गरिरहनुभएको छ, यसलाई अब अझ अगाडि बढाउन सकिँदैन ।”

    यद्यपि, ट्रम्पको यो अडान इरानको ‘तस्निम न्युज एजेन्सी’को रिपोर्टसँग मेल खाँदैन । इरानी सञ्चारमाध्यमहरूको दाबीअनुसार लेबनानमा इजरायलको सैन्य अभियानका कारण इरानले अप्रत्यक्ष वार्तामा हाललाई रोक लगाएको छ । एएनआई

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar