विद्युत्मा भ्याट लगाउने निर्णय प्रतिगामी : कुलमान घिसिङ

  • कालिका खवर
  • सोमवार, जेष्ठ १८, २०८३
  • काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष ले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयको आलोचना गरेका छन्।

    घिसिङले इन्डक्सन चुलो प्रयोग गर्दा ट्रान्सफर्मर र सबस्टेसन पड्किने भन्ने सरकारी तर्क तथ्य र प्राविधिक यथार्थसँग मेल नखाने बताएका छन्। देशभर प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि अर्बौँ रुपैयाँ लगानी भइसकेको अवस्थामा यस्तो तर्क स्वीकार्य नहुने उनको भनाइ छ।

    उनले नेपालमा उत्पादन भएको स्वच्छ तथा हरित ऊर्जाको आन्तरिक खपत बढाउनु वर्तमान राष्ट्रिय आवश्यकता रहेको उल्लेख गर्दै विद्युत् प्रयोगलाई प्रोत्साहन गर्नुको सट्टा करको भार थप्नु गलत नीति भएको बताए।

    घिसिङका अनुसार विद्युतीय ऊर्जाको प्रयोग बढाएर आयातित इन्धनमा निर्भरता घटाउने रणनीति आवश्यक रहेको बेला विद्युत् उपभोगमा कर लगाउने निर्णयले उपभोक्तालाई निरुत्साहित गर्नेछ।

    सरकारको उक्त कदम दूरदृष्टिहीन र प्रतिगामी भएको टिप्पणी गर्दै उनले स्वदेशी ऊर्जा खपत बढाउने नीति अवलम्बन गर्न सरकारसँग आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar