सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

  • कालिका खवर
  • बिहिबार, जेष्ठ १४, २०८३
  • रूपन्देही : कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पोलाई ठक्कर दिँदा तीन वर्षे बालकको मृत्यु भएको छ।

    सेमरीबाट तौलिहवातर्फ जाँदै गरेको लु प्र ०१००१ ह ३६७२ नम्बरको टेम्पोलाई सशस्त्रको गाडीले ठक्कर दिँदा कपिलवस्तु नगरपालिका वार्ड नं ६ सेमेरीका अतिकूर रहमानको छोरा तीन वर्षीय महफुज मुसलमानको मृत्यु भएको हो।

    गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा ट्याम्पो चालक कपिलवस्तु नगरपालिका वडा नम्बर ३ वर्गदवाका ६० वर्षीय शिवप्रसाद चौधरी गम्भीर घाइते भएका छन्।

    उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका अन्य ८ जना भने सामान्य उपचारपछि घर फर्केका छन्। ठक्कर दिने सशस्त्रको गाडी र चालकलाई अहिलेसम्म प्रहरीले नियन्त्रणमा नलिएको भन्दै पीडित परिवारको गुनासो गरेका छन् । यो दुर्घटना बुधबार बिहान ११ बजेको हो । मृतकको शव कपिलवस्तु अस्पतालमा राखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar