सप्तकोशी नदीको बीच टापुबाट ४७५ केजी गाँजा बरामद

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १२, २०८३
  • सुनसरी : सशस्त्र प्रहरी बलले सप्तकोशी नदीको बीच टापुबाट करिब ४ सय ७५ किलोग्राम अवैध गाँजा बरामद गरेको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र उदयपुरको बेलका नगरपालिका-८ को सीमा क्षेत्रमा पर्ने कोशी नदीको टापुमा १६ वटा बोरामा लुकाएर राखिएको अवस्थामा जेठ ११ गते सो गाँजा फेला परेको हो। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस चतरा र सुरक्षा बेस रामपुरको संयुक्त प्रहरी टोलीले सो गाँजा बरामद गरेको हो।

    नदीको बीच टापुमा रहेकाले सशस्त्र प्रहरीले र्याफ्ट बोटको प्रयोग गरी गाँजा नदी किनारमा ल्याएको थियो। बरामद गरिएको गाँजालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar