मोन्डे सेलेक्सनमा स्वर्णपछि ‘द हिमालयन रिजर्भ’ लाई TWSC 2026 मा कास्य पदक

  • कालिका खवर
  • बुधबार, जेष्ठ ६, २०८३
  • काठमाडौं । नेपाली मदिरा उद्योगका लागि गौरवपूर्ण उपलब्धि हासिल गर्दै ‘द हिमालयन रिजर्भ’ ले प्रतिष्ठित Tokyo Whisky & Spirits Competition 2026 मा कास्य पदक (ब्रोन्ज विनर) जित्न सफल भएको छ ।

    गत वर्ष बेल्जियमको ब्रसेल्समा आयोजित अन्तर्राष्ट्रिय प्रतिष्ठित Monde Selection मा स्वर्ण पदक हासिल गरेको ‘द हिमालयन रिजर्भ’ ले यस वर्ष पुनः उत्कृष्ट प्रदर्शन गर्दै TWSC 2026 मा कास्य पदक जितेर नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको हो ।

    TWSC एशियाकै सबैभन्दा ठूलो तथा कडा मदिरा प्रतिस्पर्धामध्ये एक मानिन्छ । जापानका प्रख्यात विशेषज्ञहरूले ब्लाइन्ड टेस्टिङमार्फत उत्कृष्ट मदिरा छनोट गर्ने यस प्रतियोगितामा विश्वका चर्चित अन्तर्राष्ट्रिय डिस्टिलरीहरूसँग प्रतिस्पर्धा गर्दै ‘द हिमालयन रिजर्भ’ ले आफ्नो विशिष्ट गुणस्तर, स्वाद तथा मिश्रण कौशलका कारण यो सम्मान हासिल गरेको जनाइएको छ ।

    यो उपलब्धि यसको उत्पादक कम्पनी Premier Distillery Limited का लागि महत्वपूर्ण कोशेढुङ्गा मानिएको छ । नेपालको आधुनिक तथा एकीकृत मदिरा उत्पादक कम्पनीमध्ये एक मानिने प्रिमियर डिस्टिलरीले बजारमा लोकप्रिय ब्रान्डहरू Old Monk 7 Year Old Rum, Old Monk Legend Rum तथा Black Stallion उत्पादन गर्दै आएको छ ।

    कम्पनीका अनुसार यो सम्मान केवल ‘द हिमालयन रिजर्भ’ को जित मात्र नभई नेपाली मदिरा उद्योगको अन्तर्राष्ट्रिय सम्भावनाको प्रमाण पनि हो । हिमालय क्षेत्रमा उत्पादित मदिरा विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको सन्देश यस उपलब्धिले दिएको बताइएको छ ।

    मदिरा पारखीहरूका लागि यो जित नेपाली मदिरा उद्योगमा “नयाँ बिहानी” को संकेतका रूपमा हेरिएको छ । साथै, नेपालको अद्वितीय भू–परिवेश, मिश्रण कौशल तथा उत्पादन गुणस्तरलाई विश्व बजारमा स्थापित गर्न यो उपलब्धिले थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar