आगलागी पीडितलाई मदन भण्डारी फाउण्डेशनद्वारा आर्थिक सहयोग हस्तान्तरण

  • कालिका खवर
  • आइतवार, जेष्ठ ३, २०८३
  • धादिङ, त्रिपुरासुन्दरी । मदन भण्डारी फाउण्डेशन धादिङ जिल्ला शाखाको संयोजनमा आगलागी पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेकपा एमाले त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष भीम कुमार थापा र वडा अध्यक्ष कमल बहादुर थापाको विशेष उपस्थिति रहेको थियो भने प्रमुख अतिथिका रूपमा उमेश कुमार थापा सहभागी भएका थिए।

    मदन भण्डारी फाउण्डेशन सामाजिक सेवामा क्रियाशील संस्था हो। विशेषगरी भूकम्प तथा कोरोना भाइरस महामारीको समयमा संस्थाले धादिङ जिल्लाभर राहत वितरण तथा सहयोगी अभियान सञ्चालन गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। संस्थाका अध्यक्ष उमेश कुमार थापा त्यतिबेला अग्रपंक्तिमा रहेर सामाजिक सेवामा सक्रिय रहनुभएको थियो।

    गत चैत्र २४ गते त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ निवासी जीवन थापा मगरको घर तथा गोठमा आगलागी हुँदा नगद, जिन्सी सामान तथा पशुपन्छीसमेत पूर्ण रूपमा जलेर नष्ट भएको थियो। पीडित परिवारलाई मानवीय सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न व्यक्ति तथा संघ–संस्थाबाट आर्थिक सहयोग संकलन गरी १ लाख ६० हाजार २ सय हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।

    कार्यक्रममा सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगीदाताप्रति आयोजकले आभार व्यक्त गरेको छ। विशेष धन्यवाद रमेश कुमार बस्ती र ज्ञानेन्द्र कुमार थापालाई दिइएको थियो।

    सहयोगी हातहरू
    श्री राम अधिकारी (फुलखर्क), लिला बहादुर बिष्ट (ज्यामरुङ), जय माता देवी ज्वेलर्सका राज कुमार बिक (मार्पाक), अम्बिर बानियाँ (कुपिण्डे), मनिषा अधिकारी (मुलाबारी), नकुल लामिछाने (लपाङ, हाल इजरायल), बिनोद थापा (खहरे गैरी गाउँ, हाल अमेरिका), विनय अधिकारी (लपाङ), अशोक अधिकारी (मुलपानी पोखरा), शाजन अधिकारी (लपाङ), धुर्व सिंह थापा (मुर्चोक), गोकुल अधिकारी (लपाङ्ग) राजकुमार थापा (मुलाबारी), कविता थापा (मुर्चोक), शिरीष बस्नेत (खन्नेचौर), कपिल अधिकारी (बैरेनी मन्स्टार), कुमार थापा (मुर्चोक बेँसी), रविन्द्र अधिकारी (कुपिण्डे), मदन थापा (मुलाबारी, हाल स्पेन), दर्शन बाबु थापा (मुर्चोक), रामकाजी बरै मगर (मुलाबारी), प्रकाश तथा लक्ष्मी अधिकारी, चरी फाउण्डेशन (खहरे), माधव पौडेल (मुलाबारी), शुमन थापा (गैरी गाउँ), अश्विन थापा (मुर्चोक), दिनेश रुवाली (ठूलो बेँसी), किरण अधिकारी (पोखरा), एन.जे. गौली (खहरे), सन्तोष पन्त (सल्यानटार), समाजसेवी धुर्ब अधिकारी, ज्ञानेन्द्र थापा (मुलाबारी), दीप ज्योति आवासीय मा.वि. गोंगबु नयाँ बसपार्क, मोती अधिकारी (पोखरा), बद्री बानियाँ (कुपिण्डे), शिव अधिकारी (पोखरा), सहयात्री समाज धादिङ तथा शरिता गुरुङ (बुढाथुम) लगायतले सहयोग गर्नुभएको थियो।

    कार्यक्रममा बोल्दै वक्ताहरूले विपद्को समयमा एकअर्कालाई सहयोग गर्नु नै मानवीय धर्म भएको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar