सदन सुचारु गर्न सभामुख र प्रमुख सचेतकबिच परामर्श

  • कालिका खवर
  • बुधबार, बैशाख ३०, २०८३
  • काठमाडौँ । प्रतिपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित गरेर सभामुख डोलप्रसाद अर्यालले परामर्श थालेका छन् । सदन सुचारु गर्न सहमति जुटाउन सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरूसँग परामर्श थालेका हुन् ।

    नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदन अवरोध गरेका थिए ।

    प्रधानमन्त्री बालेन्द्र शाहको साटो अर्थमन्त्रीलाई नीति तथा कार्यक्रमको छलफलका लागि प्रस्ताव प्रस्तुत गर्न सभामुखले समय दिए लगत्तै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए ।

    विपक्षी दलका सांसदहरूले विरोध गर्न नछाडेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेर सभामुख दलहरूसँगको परामर्शमा जुटेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar