संसद् बैठक १५ मिनेटका लागि स्थगित

  • कालिका खवर
  • बुधबार, बैशाख ३०, २०८३
  • काठमाडौँ : सभामुख डिपी अर्यालले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने अडान राखेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

    आजको संसद बैठकमा नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री बालेन शाहबाट आउनुपर्ने माग गर्दै विपक्षी सांसदहरुले आवाज उठाएका छन् । तर प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरेपछि संसद बैठकमा असहज स्थिति सिर्जना भएको छ ।

    शून्य समयमा सांसदहरुले बोलिसकेपछि सभामुख डिपी अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममा उठेका प्रश्नबारे समय दिएका थिए । त्यसपछि प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति लगायत दलका सांसदले उठेर विरोध जनाए । उनीहरुले प्रधानमन्त्रीको आवाज सुन्न नपाइने संसदमा कसरी सरकारको नीति तथा कार्यक्रममाथि छलफल छ भनी प्रश्न उठाएका थिए ।

    सत्तापक्षका सांसदहरुले प्रतिनिधि सभा नियमावलीको दफा ३८ मा प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा प्रधानमन्त्रीले तोकेको मन्त्रीबाट नीति तथा कार्यक्रमको छलफलमा भाग लिने र जवाफ दिने स्पष्ट व्यवस्था रहेको बताउँदै बैठक सञ्चालन हुनुपर्ने तर्क गरेका थिए ।

    तर विपक्षी सांसदहरुले दफा ३८ लाई देखाएर पाँच वर्षसम्म प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो ? भन्दै प्रश्न गर्दै उपस्थित गराउन सभामुख समक्ष माग गरेका थिए । यही विवादका बीच सभामुख अर्यालले बैठक स्थगित भएको घोषणा गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar