सरकारको नीति तथा कार्यक्रम पूर्णरुपले खारेज हुनुपर्छ : एमाले

  • कालिका खवर
  • मङ्लबार, बैशाख २९, २०८३
  • काठमाडौँ । नेकपा एमालेले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम खारेज गर्न माग गरेको छ । मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै एमाले  संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन नीति तथा कार्यक्रम खारेज गर्नुपर्ने धारणा राखेका हुन् ।

    ‘राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन यो नीति तथा कार्यक्रम खारेज हुनुपर्छ । र, पूर्ण संशोधन र पुनर्लेखन गर्नै पर्दछ’, उनले भने । यसैगरी बादलले जेनजी आन्दोलन र रास्वपा सरकार गठनप्रति आक्रामक टिप्पणी समेत गरेका छन् । उनले राष्ट्रिय झन्डा ओढेर देश जलाउनेप्रति यो नीति तथा कार्यक्रम किन मौन छ ? भनेर प्रश्न उठाए ।

    ‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालय जलाउँदा नेपाली सेना रहस्यमय ढङ्गले किन मुखदर्शक बन्यो ? लिपु लेकमा अतिक्रमण हुँदा त्यही सेनाले सुकुम्बासी बस्तीहरूमा किन परेड खेल्दैछ ? असंलग्न नीतिको खिल्ली उडाउँदै टिओबीहरुको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ ?’, सरकारमाथि गम्भीर प्रश्न उठाउँदै बादलले भने ।

    यसैगरी सुसंस्कृत सभ्य बन्नुपर्ने प्रतिनिधिले संसदमा बारम्बार असभ्य प्रदर्शन गर्दा समेत सभामुख लाचार र नतमस्तक भएको उनले आरोप लगाए । रास्वपाले घोषणा गरेको बाचा पत्र वास्तवमा सुशासन, स्थायित्व, दिगो शान्ति समृद्धि, लोकतन्त्र सम्बर्द्धन र राष्ट्रका लागि नभई, त्यो रास्वपाको अधिनायकवाद स्थापित गर्ने डिजाइन भएको आरोप लगाए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar