“म सबै यातायात व्यवसायीहरूको साझा उम्मेदवार हुँ” : हरिशरण केसी (हुस)

  • कालिका खवर
  • मङ्लबार, बैशाख २९, २०८३
  • पोखरा । हरिशरण केसीले आफू सम्पूर्ण यातायात व्यवसायीहरूको साझा उम्मेदवार रहेको बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उमेदवार केसीले व्यवसायीहरूको एकता, अधिकार संरक्षण र महासंघको सुदृढीकरण आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गरे।

    पोखरामा जारी महाधिवेशनका क्रममा कालिका खबरसंग कुरा गर्दै उनले कुनै समूह वा गुटभन्दा माथि उठेर सम्पूर्ण व्यवसायीको हितका लागि नेतृत्व गर्न आफू चुनावी मैदानमा आएको बताए। “म सबै यातायात व्यवसायीहरूको साझा उम्मेदवार हुँ, सम्पूर्ण साथीहरूको साथ र विश्वास पाएको छु,” उनले भने।

    केसीले यातायात क्षेत्रका समस्या समाधान, व्यवसायीमैत्री नीति निर्माण तथा महासंघलाई थप प्रभावकारी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले व्यवसायीहरूबीचको सहकार्य र एकतालाई अझ बलियो बनाउने आवश्यकता रहेको पनि बताए।
    महासंघको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा अध्यक्ष पदमा पुण्यप्रसाद सिटौला र हरिशरण केसीबीच प्रतिस्पर्धा हुँदैछ। महाधिवेशनस्थलमा उम्मेदवारहरूको चुनावी अभियान, भेटघाट र समर्थन जुटाउने गतिविधि तीव्र बनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar