उपाध्यक्षमा रवि रिमालको उम्मेदवारी दर्ता

  • कालिका खवर
  • सोमवार, बैशाख २८, २०८३
  • पोखरा । रवि रिमालले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ को सातौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

    हाल महासंघका उपाध्यक्षसमेत रहेका रिमालले आगामी कार्यकालका लागि पुनः नेतृत्वमा आउन चाहेको जनाउँदै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

    महासंघको अध्यक्ष पदमा पुण्यप्रसाद (सरोज) सिटौला र हरिशरण केसी ले उम्मेदवारी दर्ता गराएका छन् ।
    उम्मेदवारी दर्तापछि उनले व्यवसायीहरूको हकहित संरक्षण, संगठन सुदृढीकरण तथा यातायात क्षेत्रको सुधारलाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने बताएका छन्।

    महाधिवेशनसँगै पोखरामा चुनावी गतिविधि तीव्र बनेको छ भने प्रतिनिधिहरूबीच नेतृत्व चयनलाई लिएर छलफल र भेटघाट बढ्दै गएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar