यातायात महासंघको अध्यक्षमा सिटौला र केसीको उम्मेदवारी दर्ता

  • कालिका खवर
  • सोमवार, बैशाख २८, २०८३
  • काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ को सातौं राष्ट्रिय महाधिवेशन २७ गतेदेखि पोखरामा जारी छ । महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएसँगै अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरिएको छ ।

    महासंघको अध्यक्ष पदमा पुण्यप्रसाद (सरोज) सिटौला र हरिशरण केसी (हुस) ले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तासँगै पोखरामा चुनावी गतिविधि थप तीव्र बनेको छ ।

    देशभरका ३८७ सदस्य संस्थाबाट आएका १५ सयभन्दा बढी मतदाता सहभागी रहेको महाधिवेशन तीन दिनसम्म चल्नेछ । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

    उम्मेदवारहरूले आफू पक्षमा मत तान्न प्रतिनिधिहरूसँग भेटघाट, छलफल र आन्तरिक समन्वयलाई तीव्र बनाएका छन् । महाधिवेशनस्थल वरपर चुनावी माहोल निकै तातेको सहभागीहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar