बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

  • कालिका खवर
  • आइतवार, बैशाख २७, २०८३
  • काठमाडौँ : यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका–१४ दलदलेस्थित सिद्विचरण राजमार्गमा पूर्ण रुपमा अबरुद्ध भएको छ । उदयपुर कटारी नगरपालिका–१४ दलदलेस्थित सिद्विचरण राजमार्ग शनिबारदेखि पूर्ण रुपमा अवरोध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

    काभ्रेपलान्चोकस्थित सिन्धुली खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने विपी राजमार्ग सडक खण्डमा आइपर्ने सम्भाबित बाढीलाई मध्यनजर गर्दै यही वैशाख २१ गते बेलुका ५ बजेदेखि बिहान ५ बजे सम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को आदेश नभएसम्मका लागि सञ्चालनमा रोक लगाईएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar