परम्परा मात्रै होइन, क्षमता पनि हेर्नुपर्छ : प्रधानमन्त्री

  • कालिका खवर
  • शुक्रबार, बैशाख २५, २०८३
  • काठमाडौं ।  प्रधानमन्त्री बालेन शाहले वरिष्ठताका आधारमा अगाडि रहेका न्यायाधीशहरूलाई छाडेर डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्दा ‘परम्परा’ मात्रै हेरेर बस्न नसकिने तर्क गरेका छन् ।

    संवैधानिक परिषद्को बिहीबारको बैठकमा उनले विगतको अभ्यास तोड्दै रोलक्रमको चौथो नम्बरमा रहेका शर्माको नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले असहमति जनाएका थिए ।

    बैठकमा प्रधानमन्त्रीले अब केवल परम्पराका आधारमा निर्णय गर्न नहुने, न्याय सम्पादन क्षमता र विज्ञतालाई पनि ध्यान दिनुपर्ने भन्दै आफ्नो प्रस्तावको पक्षमा समर्थन जुटाउने प्रयास गरेका थिए ।

     न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि वरिष्ठताक्रमअनुसार सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र त्यसपछि मनोजकुमार शर्मासहित ६ जनाको नाम संवैधानिक परिषद्मा पठाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar