महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश

  • कालिका खवर
  • बिहिबार, बैशाख २४, २०८३
  • काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

    आज जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार र अन्य ८ जनालाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    उनीहरुविरुद्ध शोभा भनिने जानुका पाठकले ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar