बुढानीलकण्ठमा यामाहाको नयाँ थ्रीएस शोरूम उद्घाटन, सेवा पहुँच विस्तार

  • कालिका खवर
  • आइतवार, बैशाख २०, २०८३
  • काठमाडौं । यमाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ थ्रीएस शोरूम ‘व्हिलिश ग्यालोर प्रालि’ औपचारिक रूपमा उद्घाटन गरेको छ।

    यामाहा नेपालको १०३औं शोरूम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका यातायातमन्त्री जयराम थापा रहेका थिए।

    कार्यक्रममा विशेष अतिथिहरूका रूपमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा तथा एमएडब्लू राइड्स प्रालि का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवाल लगायतको उपस्थिति रहेको थियो।

    नयाँ शोरूममा बिक्री, सेवा र स्पेयर पार्ट्स एउटै छानामुनि उपलब्ध गराइएको छ, जसले बुढानीलकण्ठ तथा आसपासका राइडरहरूलाई आवश्यक सम्पूर्ण सेवा सहज रूपमा प्रदान गर्ने अपेक्षा गरिएको छ। दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित स्थापना गरिएको ‘व्हिलिश ग्यालोर प्रालि’ले ग्राहकलाई भरपर्दो र गुणस्तरीय सेवा दिने लक्ष्य राखेको जनाएको छ।

    कार्यक्रममा बोल्दै अग्रवालले बुढानीलकण्ठमा नयाँ शोरूम सञ्चालनले यामाहालाई अझ धेरै ग्राहकसम्म पुर्‍याउन र गुणस्तरीय सेवा विस्तार गर्न सहयोग गर्ने बताए। उनले प्रत्येक नयाँ आउटलेटले देशभर सशक्त र संगठित सञ्जाल निर्माण गर्ने लक्ष्यलाई अगाडि बढाउने उल्लेख गरे।

    कम्पनीका अनुसार बुढानीलकण्ठ शोरूमले काठमाडौं उपत्यकामा यामाहाको बढ्दो उपस्थितिलाई थप मजबुत बनाउँदै स्थानीय राइडरहरूलाई मोटरसाइकल तथा स्कुटर, जेनुइन स्पेयर पार्ट्स र व्यावसायिक सेवामा सहज पहुँच प्रदान गर्नेछ।

    एमएडब्लू राइड्स प्रालि अन्तर्गत सञ्चालन भइरहेको यामाहा नेपालले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आफ्नो सञ्जाल विस्तार गर्दै आएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar