उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पूरा, ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

  • कालिका खवर
  • आइतवार, बैशाख २०, २०८३
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभा तथा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । वैशाख २१ र २२ गते काठमाडौंमा आयोजना हुन लागेको साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । साधारणसभाबाट महासंघको नयाँ कार्यसमिति चयन हुनेछ । ७३ पदका लागि १३७ जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।

    महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । बाँकी चार उपाध्यक्षसहित अन्य पदका लागि निर्वाचन हुनेछ । साधारणसभा २१ वैशाखमा ललितपुरस्थित होटेल रोयल टुलिपमा उद्घाटन हुने तथा २२ वैशाखमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान हुने कार्यक्रम रहेको महासंघले जानकारी दिएको छ ।

    निर्वाचनमा वरिष्ठ उपाध्यक्षका दाबेदार हेमराज ढकाल र सुरकृष्ण वैद्य प्यानलसहित प्रतिस्पर्धामा छन् । ढकाल समूहलाई अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन छ भने वैद्य समूहलाई अञ्जन श्रेष्ठको साथ रहेको छ । महासंघका अनुसार कुल २,१५३ मतदाता निर्वाचनमा सहभागी हुनेछन् जसमा सबैभन्दा धेरै एसोसिएटतर्फका मतदाता रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar