खैरो हेरोइनसहित दुईजना पक्राउ

  • कालिका खवर
  • बुधबार, बैशाख १६, २०८३
  • काठमाडौँ । प्रहरीले खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ घर भएका २५ वर्षीय बाबु मियाँ र भारतको बिहार घर भएका ३० वर्षीय रोनी भन्ने मोहमद अब्दुल्ला छन् ।

    वैशाख १४ मा पक्राउ परेका आरोपीहरूको साथबाट १९१ ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसपी दुर्गाराज रेग्मीले बताए । आरोपीहरूमाथि जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar