खुला विद्यालयस्तरीय फाइभ ए साइड हक्की प्रतियोगितामा कालिका माविलाई दोहोरो उपाधि

  • कालिका खवर
  • आइतवार, बैशाख १३, २०८३
  • काठमाडौँ — कालिका माविले खुला विद्यालयस्तरीय फाइभ ए साइड पुरुष तथा महिला हक्की प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । कालिका छात्रछात्रा दुवैमा विजेता भयो ।
    भक्तपुर जिल्ला हक्की संघको आयोजनामा मिडभ्याली कलेजमा भएको प्रतियोगिताको छात्रछात्रा दुवैमा गुण्डु इंग्लिस स्कुल दोस्रो र जनता मावि तेस्रो बने । दुवैतर्फ शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ पुरस्कार पाए । कालिकाका मोहन बिक उत्कृष्ट खेलाडी, रोमन राणा उत्कृष्ट गोलरक्षक, जनताका अमितकुमार महतो उत्कृष्ट डिफेन्डर तथा कालिकाका मोहन पुन र विवेक विक (दुवै १४ गोल) सर्वाधिक गोलकर्ता भए ।

    छात्रातर्फ कालिकाकी रोजिना राणा उत्कृष्ट खेलाडी, जनताकी प्रियाकुमारी राय उत्कृष्ट गोलरक्षक, कालिकाकी राइसा खातुन उत्कृष्ट डिफेन्डर र जनताकी प्रीति दास (१२ गोल) सर्वाधिक गोलकर्ता बने । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठलगायतले पुरस्कृत गरे ।


    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar