छैटौं एशियन बिच गेम्समा थाइल्याण्डलाई हराउँदै नेपाल सेमिफाइनलमा , काँस्य पदक पक्का

  • कालिका खवर
  • शनिबार, बैशाख १२, २०८३
  • ललितपुर–छैटौं एशियन बिच गेम्स २०२६ मा नेपाली महिला कबड्डी टिमले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । चीनको सान्या शहरमा जारी एशियन बिच गेम्समा शनिबार विहान सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई हराएको हो । समूह बि बाट ४ अंक जोड्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो । समूह बि मा रहेको नेपालले सान्याको हाइकुइ स्क्वायर बिचमा भएको खेलमा थाइल्याण्डलाई १६ अंकको स्कोरमा हराएको छ ।

    नेपालले ४९ अंक बनाउँदा पराजित थाइल्याण्डले ३३ अंक आफ्नो पक्षमा पारेको थियो । पहिलो हाफमा नेपालले थाइल्याण्डविरुद्ध २५–१५ को अग्रता बनाएको थियो । दोस्रो हाफमा २४ अंक नेपालले र थाइल्याण्डले १८ अंक ल्याए । नेपालले पहिलो खेलमा चाइनिज ताइपेईलाई ४८–३२ को स्कोरले हराएको थिया्े ।

    लगातारको दोस्रो जितले नेपालको सेमिफाइनलको ढोका मात्र उघारीएको छैन , कम्तिमा काँस्य पदकसम्म अहिले नै पक्का भइसकेको छ ।
    यही समूहको पहिलो खेलमा बंगलादेशसँग ५१–३४ को स्कोरमा पराजित थाइल्याण्डले दोस्रो खेलमा बलियो चाइनिज ताइपेइलाई ४८–२८ को स्कोरमा पाखा लगाएको थियो ।
    पहिलो खेल हारेपनि दोस्रो जितले अन्तिम चारका लागि आशा पलाएको थाइल्याण्डलाई नेपालले हराउने वित्तिकै सेमिफाइनल पुग्ने संभावना लगभग सकिएको छ ।
    आइतबार हुने समूह चरणको अन्तिम खेलले समुह विजेताको छिनोफानो गर्नेछ । सेमिफाइनलमा समूह विजेता हुँदै जाने टोलीले श्रीलंकासँग प्रतिस्पर्धा गर्न पाउने छ । समूहको उपविजेताले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

    नेपाल र बंगलादेशबीच समूहचरणको अन्तिम खेल आइतबार विहान हुँदैछ । खेलमा पराजित हुने टिमले उपविजेता बन्दै समूह एको विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह एमा श्रीलंका समूहको उपविजेता टिम हो । शुक्रबारै हुने भनिएको खेल वर्षाका कारण रोकिएको थियो । सोही खेल आइतबार चिनियाँ समय अनसार बिहान ९ बजे सान्याको हाइकुइ स्क्वायर बिचमा हुने नेपाल ओलम्पिक कमिटीका सदस्य एवं नेपाली टोलीका एचक्यु अफिसिएल लाक्पा छिरिङ लामाले जानकारी दिए । यसअघि नेपालले बलियो प्रतिद्धन्द्धि चाइनीज ताइपेइलाई हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो ।

    नेपाली टिमकी कप्तान मानमती विष्ट बंगलादेशसँगको खेलमा नेपालले सुखद नतिजा ल्याउनेमा आशावादी छिन् र्। हामीले राम्रो नतिजा ल्याउन सक्छौँ, हामीले बंगलादेशसँग पटक पटक खेलेको अनुभव छ , उनले भनिन्र्, बंगलादेश भनेको हाम्रै एभरेजको टिम हो ।
    उनले दुई खेलबाट जित मात्रै नभएर प्रशस्तै अनुभव पनि बटुलेको र त्यसले आगामी खेलमा भरपुर फाइदा पुग्ने बताइन् । ग्रुप फष्ट भएर सेमिफाइनल पुग्दा संभवत अर्को समूहबाट उपविजेता हुँदै श्रीलंकासँग पर्छ , उनले भनिन, उसलाई हराएर हामी फाइनल पुग्नेछौ । फाइनलसम्म पुगे रजत पदक नेपालको पक्का हुनेछ भने फाइनल जितेमा ऐतीहाँसिक स्वर्ण नै हात लाग्नेछ ।

    नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ , महासचिव राजीव श्रेष्ठ , नेपालका तर्फबाट सेफ दि मिसन एवं नेपाल ओलम्पिक कमिटीका सचिव रामकृष्ण श्रेष्ठ बोसले नेपाली महिला कबड्डी टिमले एकपछि अर्को सुखद नतिजा ल्याएकोमा खुसी ब्यक्त गर्दै टोलीलाई सफलताको शुभकामना दिए ।
    समूह एमा भारत , श्रीलंका र सिरीया रहेका छन् । भारतले पहिलो खेलमा श्रीलंकालाई र दोस्रो खेलमा सिरीयालाई हराएको छ । श्रीलंकाले सिरीयालाई पाखा लगाएको छ ।

    छैटौँ एसियन बिच गेम्सको महिलातर्फका दुबै सेमिफाइनलका खेल आइतबार नै हुँदैछन् । पहिलो खेल चिनियाँ समयअनुसार दिउँसो ४ र अर्को अपराह्न ५ बजे सुरु हुनेछ । सेमिफाइनल पुग्ने टोलीले खेल जितेमा फाइनल पुगी स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् भने पराजित हुने दुबै टोली संयुक्त रुपमा तेस्रो हुँदै काँस्य पदक पाउनेछन् ।

    छैटौँ एसियन बिच गेम्सका लागि नेपालको तर्फबाट २ वटा खेलमा सहभागिता छ। महिला कबड्डी टिमसँगै कुस्तीबाट पनि नेपालको तर्फबाट खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
    कबड्डीबाट ६ खेलाडीसहितको टिम र कुस्तीमा पुरुषतर्फ २ र महिलातर्फ १ खेलाडीले प्रतिस्पर्धा गर्दैेछन्। कुस्तीका प्रतिस्पर्धा मंगलबार र बधबार हुनेछन् । कुस्तीमा पुरुषतर्फ सुरेश चुनाराले ८० किलोमा प्रतिस्पर्धा गर्नेछन् भने त्रिलोकी प्रसाद यादवले ९० केजी माथिको तौलमा प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ सुशिला चन्दले ७० केजीमा प्रतिस्पर्धा गर्नेछिन्। सान्या बिच गेम्समा ४५ देशको सहभागीता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar