ब्लूबर्ड सुपर लिग अर्को साताबाट , प्रत्येक साताको शनिबार र आइतबार खेल हुने

  • कालिका खवर
  • शनिबार, साउन २३, २०८३
  • ललितपुर– ब्लूबर्ड सुपर लिग–२०२६ अर्को साताबाट सुरु हुने भएको छ । फुटसल, क्रिकेट, भलिबल र बास्केटबल गरी ४ खेलमा यो सुपर लिग चल्ने ब्लुबर्डका सह–प्रधानाध्यापक दीपकराज जोशीले जानकारी दिए । प्रतियोगिता मार्फत विद्यार्थीहरूको प्रतिभा र क्षमता उजागर गर्दै राज्यका निम्ती खेलाडी उत्पादन गर्ने एउटा माध्यम बन्न सक्ने उनले बताए। प्रतियोगितामा हाल अध्ययनरत विद्यार्थीका साथै पास–आउट भइसकेका पूर्वविद्यार्थी र ललितपुर जिल्लाका अन्य विद्यालयका विद्यार्थीले समेत सहभागिता जनाउन पाउने छन् । त्यसका लागि ब्लुबर्डले आवहन गरेको निर्धारित मितीमा जसजसले आवेदन दिएका छन् ती विद्यार्थीले खेल्न पाउनेछन् , उनले भने ।
    करिब चार महिनासम्म चल्ने प्रतियोगिताका खेलहरू प्रत्येक साताको शनिबार र आइतबार गरी हप्तामा दुई दिन सञ्चालन गरिने एभिएस स्कूलका प्रअ समेत रहेका जोशीले बताए ।
    उनका अनुसार पढाईलाई कुनै बाधा नपुगोस् भनेर ४ महिना लगाएर यो प्रतियोगिता गर्न लागिएको छ । प्रतियोगिताका खेलहरु अर्को साताबाट सुरु भएपनि शनिबार बिएसएलको औपचारिक शुभारम्भ गरिएको छ । तयारी स्वरूप शनिबार खेलाडी छनोटका लागि अक्सन आयोजना गरिएको थियो ।

    उद्घाटन समारोहमा विभिन्न खेलका क्याप्टेनहरूको नामसमेत सार्वजनिक गरिएको थियो। आयोजकका अनुसार क्याप्टेनको नेतृत्वमा टोली निर्माण गरी प्रतियोगिता सञ्चालन गरिनेछ। प्रतियोगिताको ग्रान्ड फाइनल आगामी मंसिरमा आयोजना गरिनेछ।

    कार्यक्रममा ब्लु बर्ड कलेजका प्रिन्सिपल बीएस क्षेत्रीले विद्यार्थीको रुचि, क्षमता र समयको मागअनुसार कलेजले विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताए। खेलले जिवन जिउन सिकाउने र अनुशासन जीवनको महत्वपूर्ण पाटो हुँदा यसको भोगाई खेलबाट पाइने स्पष्ट पारे । उनले खेलमा हार जित जे भएपनि ब्लुबर्ड सुपर लिग नै विजेता बन्ने बताए ।

    विद्यार्थीको शैक्षिक विकाससँगै शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुदलाई पनि प्राथमिकतामा राख्नुपर्ने तर्क उनको छ ।प्रमुख अतिथि पूर्वसञ्चारमन्त्री एवं प्रतिनिधी सभा सदस्य जगदीश खरेलले अहिले लगानी गरे त्यसको प्रतिफल केही वर्षपछि देखीने स्पष्ट पारे । उनले युवा देशको शक्ति भएको बताए। युवाको पहिचान र सफलतासँग देशको पहिचानसमेत जोडिने उल्लेख गरे ।

    उनले खेलकुदले विद्यार्थी तथा युवाको क्षमता, अनुशासन, आत्मविश्वास र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। यही देशमा बसेर काम गर्ने र खेलेर बाँच्ने वातावरण बनाउने खाले नीति नियम बनाउन आफूहरु लागि परेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar