पछिल्लो २४ घण्टामा सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु, ९७ जना घाइते

  • कालिका खवर
  • बुधबार, भदौ १७, २०८३
  • काठमाडौँ : देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ९७ जना घाइते भएका छन् । बुधबार (भदौ १७) नेपाल प्रहरीले आइतबार (भदौ १६) सुरु भएदेखि मध्यराति १२ बजेसम्म भएका सवारी दुर्घटनामा उक्त हताहती भएको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार सुनसरी, बारा, मकवानपुर र कास्कीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको हो ।

    साथै, कोशीमा २३, मधेशमा १९, काठमाडौं उपत्यकामा ८, बागमतीमा २, गण्डकीमा ६, लुम्बिनी प्रदेशमा २७, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ गरी ९७ जना पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा घाइते भएका प्रहरीको विवरणमा उल्लेख छ । घाइतेहरूको स्वास्थ्य अवस्था र उपचारका विषय विवरणमा खुलाइएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar