सर्वोच्चको फैसलापछि खड्का निवासमा देउवा पक्षको बैठक बस्दै

  • कालिका खवर
  • शनिबार, बैशाख ५, २०८३
  • काठमाडौं । विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई नै मान्यता दिने सर्वोच्च अदालतको फैसलापछि पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेताहरूको अनौपचारिक बैठक आज बस्दै छ ।

    तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा अपराह्न ४ बजे बस्ने बैठकमा अदालतको फैसलापछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित हुने नेता प्रकाशशरण महतले बताएका छन् ।

    देउवा पक्षका अधिकांश नेता अदालतको अन्तिम फैसलापछि पार्टी एकताको पक्षमा उभिन थालेका छन् । उनीहरूले विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई स्वीकार गर्दै आगामी १५ औं नियमित महाधिवेशनतर्फ अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar