आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू

  • कालिका खवर
  • शनिबार, बैशाख ५, २०८३
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गत २२ चैतमा राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरिएको बताए । यसअघि मन्त्रालयले गत आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

    ‘स्वास्थ्यकर्मीका मनोबल र हितलाई ध्यानमा राखी बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न र सरकारको हप्तामा दुई दिन सार्वजनिक बिदाको नीतिअनुरुप आइतबारका पूर्वनिर्धारित शल्यक्रियालगायतका बिरामीको सहजता हेरी ‘रिसेडयुल’ गरी अन्तरङ्ग र आकस्मिक सेवाहरू सधैँझैँ २४ घण्टा सूचारु गरिनेछ’, उनले भने ।

    मन्त्रालयका प्रवक्ता बुढाथोकीले बिदाको दिनमा ‘बिरामीले कुनै पनि सास्ती भोग्न नपरोस्’ भनी अस्पतालहरूले सम्भव भएसम्म सेवा प्रदान गर्नसमेत आग्रह गरेका छन् । यस्तै, अस्पतालमा उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न र एम्बुलेन्सहरू हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउनसमेत सबै अस्पताललाई अनुरोध मन्त्रालयले गरेको छ । मन्त्रालयले सर्वसाधारणको जानकारीका लागि बिदामा उपलब्ध सेवाको विवरण आफ्नो वेबसाइट तथा सूचनापाटीमा राख्नसमेत अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar