सुशासन र जनमुखी सेवामा जोड दिँदै नागर्जुनको १२औँ अधिवेशन सम्पन्न

  • कालिका खवर
  • आइतवार, चैत्र २९, २०८२
  • काठमाडौं । नागर्जुन नगरपालिकाको १२ औँ अधिवेशन आइतबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।

    अधिवेशनमा कार्यवाहक नगरप्रमुख सुशिला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, नगर प्रवक्ता महेश रिमाल लगायत सबै वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा नगरपालिकाको वार्षिक प्रगति, आगामी योजना तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। साथै, विभिन्न विकास आयोजनाहरूको समीक्षा गर्दै आगामी दिनमा तीव्र रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
    अधिवेशनलाई सम्बोधन गर्दै कार्यवाहक नगरप्रमुख सुशिला अधिकारीले जनतामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै पारदर्शी र उत्तरदायी स्थानीय सरकार निर्माणमा जोड दिनुपर्ने बताइन्। उनले भनिन्, “नगरवासीको अपेक्षा अनुसार गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो पहिलो दायित्व हो। विकास निर्माणका कामलाई तीव्रता दिँदै सुशासन कायम गर्न हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ।”

    उनले आगामी दिनमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गरिने उल्लेख गरिन्।
    अधिवेशनमा सहभागीहरूले नगरपालिकाको समग्र विकासका लागि सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar