मिलनटार–थुम्मकी चौतारा सडक: ६८ करोडको बहुवर्षीय आयोजना अघि बढ्दै, दोस्रो चरण १९ करोडमा सुरु

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • धादिङ । बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य शालिकराम जम्कटेलको पहलमा अघि बढाइएको मिलनटार–पर्खाले–थुम्मकी चौतारा सडक बहुवर्षीय आयोजना अन्तर्गत निर्माणकार्य तीव्र गतिमा अगाडी बढिरहेको छ। ६८ करोड रुपैयाँको बजेट तर्जुमा गरिएकाे यस आयोजनाअन्तर्गत पहिलो चरणमा वडा नम्बर ७ स्थित बगैंचा सम्मको सडक निर्माण सम्पन्न भइसकेको छ।
    दोस्रो चरणकाे निर्माणका लागि १९ करोड रुपैयाँ लागतमा टाइमलि कन्स्ट्रक्सन प्रा.लि.ले मिलनटार बगैंचा बाट गजुरी गाउँपालिका–८ को वडा कार्यालयसम्म पक्की नाला सहित कालोपत्रे गर्ने भएको छ। निर्माण कार्य प्रारम्भ भएसँगै सम्बद्ध जनप्रतिनिधिले स्थल निरीक्षण गरेका छन्।

    स्थलगत निरीक्षणका क्रममा पूर्व मुख्यमन्त्री जम्कटेलले निर्माण कार्य गुणस्तरीय, दिगो र समयमै सम्पन्न गर्ने निर्देश दिए। उनले निर्माण व्यवसायीलाई निर्धारित मापदण्डअनुसार स्तरीय निर्माण सामग्री प्रयोग गर्न विशेष आग्रह गरे।

    निरीक्षणका क्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र वडा नं. १ का अध्यक्ष तारानाथ भण्डारीले सडक निर्माणका कामलाई नियमित अनुगमन गरिने बताए। अध्यक्ष श्रेष्ठले पालिकाबाट आवश्यक समन्वय र सहयोग सधैं रहने आश्वासन दिए।
    स्थानीयवासीले सडक विस्तारले आवतजावत सहज हुनुका साथै व्यापार, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar