पौडी खेल्ने क्रममा बेपत्ता युवक शव फेला

  • कालिका खवर
  • आइतवार, चैत्र २९, २०८२
  • धनुषा । धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवक शव फेला परेको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव आइतबार बिहान सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो । जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महमद आयन कमड चैत्र २८ गते खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

    सो घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रघुनाथपुर  र प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले खोजी कार्य गरेको थियो । सो टोली बेपत्ता युवकलाई फेला नपारेपछि   गोताखोर टोली परिचालन गरिएको थियो । गोताखोर टोली घटनास्थलबाट करिब ४० मिटर तल झन्डै ४० मिटर गहिराइबाट उनको शव निकालेको सशस्त्र प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar