ओपनएआईका सीईओ साम अल्टम्यानको घरमा पेट्रोल बम प्रहार, २० वर्षीय युवक पक्राउ

  • कालिका खवर
  • शनिबार, चैत्र २८, २०८२
  • स्यान फ्रान्सिस्को । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप कम्पनी ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानको घरमा पेट्रोल बम प्रहार भएको छ। स्यान फ्रान्सिस्को प्रहरीले अल्टम्यानको घरमा मोलोटोभ ककटेल (प्रज्वलनशील पदार्थ भरिएको बोतल) प्रहार गरेको र कम्पनीको मुख्यालय बाहिर धम्की दिएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको हो।

    प्रहरीका अनुसार शुक्रबार बिहान ४:१२ बजे एक अपरिचित पुरुषले नर्थ बीचस्थित अल्टम्यानको निवासमा विष्फोटक पदार्थ फालेर पैदलै फरार भएका थिए। त्यसको करिब एक घण्टापछि अर्को एउटा भवन जलाउने धम्की दिइरहेको सूचनाका आधारमा प्रहरीले २० वर्षीय शङ्कास्पद युवकलाई नियन्त्रणमा लियो।

    अनुसन्धानका क्रममा अल्टम्यानको घरमा भएको आगजनीमा पनि उनकै संलग्नता देखिएको प्रहरीले पुष्टि गरेको छ। घटनामा कसैलाई पनि चोटपटक नलागेको ओपनएआईका प्रवक्ताले जानकारी दिएका छन्। उनले स्यान फ्रान्सिस्को प्रहरीको तत्काल सक्रियताका लागि आभार प्रकट गर्दै अनुसन्धानमा सहयोग गरिरहेको बताए।

    आक्रमणको ठोस कारण अझै खुल्न सकेको छैन, तर पछिल्लो समय एआई प्रविधि र यसको सैन्य प्रयोगलाई लिएर ओपनएआई चर्को दबाब र आलोचनामा छ। विशेष गरी अमेरिकी सरकारसँग गोप्य सैन्य अपरेसनमा प्रविधि प्रयोग गर्न दिने सम्झौतापछि कम्पनीको विरोध भइरहेको छ। घटनापछि सीईओ अल्टम्यानले एक ब्लग पोस्टमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

    ‘हाम्रो उद्योगको धेरैजसो आलोचना यो प्रविधिको जोखिमप्रति चिन्तित रहेका मानिसहरूबाट हुने गर्छ,‘ उनले लेखेका छन्, ‘यसबारे बहस गरिरहँदा हामीले शब्द र रणनीतिमा संयमता अपनाउनुपर्छ र घरहरूमा हुने विष्फोटहरूलाई रोक्न प्रयास गर्नुपर्छ।’ एक हालैको सर्वेक्षणले अमेरिकामा एआई प्रविधिको लोकप्रियता अध्यागमन विभाग (आईसीई) भन्दा पनि

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar