नागर्जुन नगरपालिकाद्वारा महिला उद्यमीका उत्पादनको स्टल प्रदर्शनी तथा बिक्री मेला सुरु

  • कालिका खवर
  • शुक्रबार, चैत्र २७, २०८२
  • काठमाडौं । नागर्जुन नगरपालिकाले नगरपालिका भित्रका महिला उद्यमीहरूद्वारा उत्पादित सामग्रीहरूको प्रवर्द्धन गर्ने उद्देश्यले स्टल प्रदर्शनी तथा बिक्री मेला आयोजना गरेको छ।

    उक्त मेलाको उद्घाटन कार्यबाहक नगर प्रमुख शुसिला अधिकारीले २०८२ साल चैत्र २७ गते एक विशेष कार्यक्रमका बीच गर्नुभएको हो। सितापाइला स्थित सेल्स बेरीमा सञ्चालन भएको मेला ३ दिनसम्म चल्ने आयोजकले जनाएको छ।

    मेलामा स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका विभिन्न हस्तकला सामग्री, घरेलु उत्पादन, खाद्य परिकार लगायतका वस्तुहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएको छ। यसले महिला उद्यमीहरूलाई आफ्नो उत्पादनको बजार विस्तार गर्न तथा आर्थिक सशक्तिकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

    उद्घाटन कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख शुसिला अधिकारीले महिला उद्यमशीलताको विकास नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीलाई बजारसम्म पहुँच दिलाउन यस्ता कार्यक्रम अत्यन्तै आवश्यक छन्। यसले महिला दिदीबहिनीहरूको आत्मनिर्भरता बढाउने मात्र नभई स्थानीय उत्पादनको प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँछ।”

    नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar