फाप्ला क्रिकेट रंगशालालाई विश्वसँग जोड्छौं : मन्त्री पोखरेल

  • कालिका खवर
  • मङ्लबार, चैत्र २४, २०८२
  • काठमाडौं : युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीस्थित फाप्ला क्रिकेट रंगशालालाई विश्वस्तरमा जोड्ने गरी विकास गरिने बताएका छन् । मंगलबार फाप्ला मैदान निरीक्षण तथा खेलाडीसँगको अन्तरक्रियाका क्रममा मन्त्री पोखरेलले रंगशालाको स्रोत व्यवस्थापन र सञ्चालनलाई अझ प्रभावकारी बनाइने जानकारी दिए ।

    ‘सबैभन्दा ठूलो क्षेत्रफल भएको र धेरै संख्यामा दर्शक अट्ने प्याराफिट भएको फाप्ला क्रिकेट रंगशालालाई राज्यले महत्वका साथ लिएको हुनाले नै अहिलेको अवस्थामा आइपुगेको छ । यसको स्रोत व्यवस्थापन र सञ्चालन प्रभावकारितालाई ध्यान दिनेछौं’ मन्त्री पोखरेलले भने ।

    मन्त्री पोखरेलले फाप्ला पुगेर केहीबेर त्यहाँका स्थानीय युवा खेलाडीहरूसँगे क्रिकेट पनि खेलेका थिए । कैलालीका सांसद केपी खनाल र अछामका रास्वपा नेता भूपदेव शाहलगायत पनि पोखरेलसँगै फाप्ला पुगेका थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका पोखरेलले त्यसअघि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षण समेत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar