प्रधानमन्त्रीले बोलाएको बैठकमा जाँदैनौं : हर्क साम्पाङ

  • कालिका खवर
  • सोमवार, चैत्र १६, २०८२
  • काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बोलाएको बैठकमा नजाने बताएका छन्। उनले तत्काल संसद् बैठक बोलाउन पनि माग गरेका छन्।

    उनले सोमबार सामाजिक सञ्जालमार्फत भने,‘प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण थाहा भएन। हामी कोठे बैठकमा आउँदैनौँ। सदनको बैठक बोलाउनु पर्‍यो। हप्ताको एकचोटी कम्तिमा राख्नुपर्छ बैठक।’

    सांसद साम्पाङले जनताको पश्नदेखि नभाग्न पनि सरकारलाई आग्रह गरे। उनले थप भने,‘जनताको प्रश्नहरूदेखि भाग्न पाइँदैन। सबै प्रश्नका उत्तर दिनैपर्छ। जय लोकतन्त्र।’

    त्यसैगरी उनले आफूले सामाजिक सञ्जालबाटै प्रतिपक्षीको भूमिका निर्वाह गर्दा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकले ज्यान मार्ने र घर जलाउने धम्की दिएको दाबी गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar