दिल्लीस्थित एक भवनमा आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

  • कालिका खवर
  • बुधबार, चैत्र ४, २०८२
  • काठमाडौँ : भारतको दिल्लीस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका सात जनाको मृत्यु भएको छ। पीटीआईका अनुसार आगलागीको घटना बिहान ७ बजेतिर भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार आगलागी घटना जानकारी पाएसँगै ३० वटा दमकल आगो निभाउनका लागि घटनास्थल पठाइएको थियो ।

    घटनास्थल नजिकै बस्ने एक व्यक्तिका अनुसार आगलागी भएको भवनको भुइँ तल्लामा कस्मेटिक्स पसल थियो र माथिल्लो तलामा मानिसहरू बस्थे। यद्यपि, घटनाको समयमा घरमा कति जना मानिस थिए भन्ने बारे पूर्ण जानकारी नभएको जनाइएको छ ।

    दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले घटनाप्रति दु:ख व्यक्त गरेकी छिन् भने आम आदमी पार्टीका सांसद सञ्जय सिंहले सरकारको सुरक्षा व्यवस्थाको आलोचना गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar