गगनज्यूले राजीनामा दिनुभन्दा अधिवेशनमा जानु नै उपयुक्त : चन्द्र भण्डारी

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन २६, २०८२
  • काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गगनकुमार थापाले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त हुने बताएका छन्।

    उनले अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित नभएको बताउँदै गगनले राजीनामा दिनुभन्दा जिम्मेवार र समयसापेक्ष बाटो रोज्न सुझाव दिए।

    उनले आजको अवस्थामा कांग्रेस बचाउनु आफैँमा एक नैतिक दायित्व भएको जिकिर गरे। उनले सामाजिक सञ्जालमा लेख्दै भने, ‘आजको कटु यथार्थ के हो भने—युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो। यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन।’

    नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था रहेकाले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्ने धारणा राखे। ‘समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो,’ उनले भने, ‘नेपाली कांग्रेसलाई बचाउने लडाइँ आज पनि सम्भव छ—यदि इच्छाशक्ति र साहस छ भने।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar