जनताले परिवर्तन र विकासका पक्षमा मतदान गरिरहेका छन् : दीपक सिंह

  • कालिका खवर
  • बिहिबार, फाल्गुन २१, २०८२
  • हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार दीपकबहादुर सिंहले मतदान गरेका छन् ।

    सिंहले आज बिहान हेटौंडास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रलाई सुदृढ बनाउन सबै मतदाताले अनिवार्य रूपमा मतदान गर्नुपर्ने बताए ।

    उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदातालाई निर्धक्क भएर मतदान केन्द्रमा पुग्न आग्रह समेत गरे । साथै, उनले जनताले परिवर्तन र विकासको पक्षमा मतदान गर्ने विश्वास आफूलाई रहेको पनि बताए ।

    बिहीबार बिहानदेखि मकवानपुरका विभिन्न मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । सुरक्षा व्यवस्थालाई कडा बनाउँदै मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar