सेना सवार बस दुर्घटना, २४ जना घाइते मध्ये ८ जना गम्भीर

  • कालिका खवर
  • बुधबार, फाल्गुन ६, २०८२
  • काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका–३ स्थित सेतीबगरमा सेना सवार बस दुर्घटनामा परेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट टेम्केमैयुङका लागि हिँडेको ना४ख ७३१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो ।

    बस दुर्घटनामा पर्दा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको भोजपुर प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar