आईसीसी टी–२०आई अलराउन्डर वरियता : दीपेन्द्र चौथो स्थानमा उक्लिए

  • कालिका खवर
  • बुधबार, फाल्गुन ६, २०८२
  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् ।

    आईसीसीले आज अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र छैटौं स्थानबाट चौथो स्थानमा उक्लिएका हुन् । आईसीसी टी–२० विश्वकपमा गरेको प्रदर्शनपछि दीपेन्द्रको वरियता सुधार भएको हो । दीपेन्द्रले टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक (१६९) रन बनाए । बलिङमा २ विकेट लिए ।

    दीपेन्द्रको रेटिङ अंक बढेर २४४ पुगेको छ । यसअघि उनको रेटिङ अंक २०२ थियो । अलराउण्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब उक्लिएका छन् । उनको ३०३ रेटिङ अंक छ । जिम्बाबेका सिकन्दर राजा २९७ अंकसहित दोस्रोमा झरेका छन् ।

    तेस्रोमा भारतका हार्दिक पान्ड्या यथावत् छन् । उनको २८२ अंक छ । पाँचौंमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ उक्लिएका छन् । दीपेन्द्र ब्याटिङमा पनि ११ स्थान माथि उक्लँदै ६०औं स्थानमा पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar