पैदलयात्रीलाई मुक्का हान्ने पारस बम पक्राउ

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन ५, २०८२
  • काठमाडौं : पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । पैदलयात्रीमाथि हातपात गर्ने कार चालक पारस बमलाई पक्राउ गरेर ट्राफिक कार्यालय रामशाह पथ लगिएको छ । बमले चक्रपथको चप्पल कारखाना अगाडि एक पैदलयात्रीलाई मुक्का हानेका थिए । पैदलयात्रीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

    भिडियोमा सडक पार गर्दै गरेको एक वृद्धलाई बा ३ च ११०३ नम्बरको गाडीबाट एक अधवैशे पुरुषले गाडीबाट झरेर ती वृद्धलाई कुटपिट गरेको देखिन्छ । साथै अर्की महिलाले पनि उनलाई गाली गरेको भिडिओमा देखिन्छ । सार्वजनिक स्थलमा पुरुष त्यसरी कुटपिटमा उत्रिएपछि चौतर्फी आलोचना भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar