टी-२० विश्वकप : नेपालले आज स्कटल्याण्डसँग खेल्दै

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन ५, २०८२
  • काठमाडौं : आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदै छ । समूह सी अन्तर्गतको यो खेल भारतको वानखेडे स्टेडियममा साँझ ७:१५ बजेदेखि सुरु हुँदै छ । नेपालले यसअघिका आफ्ना तिनै खेल हार बेहोर्दै विश्वकपबाट बाहिरिएको छ । त्यस्तै स्कटल्याण्डले पनि आफ्ना तीन मध्ये एक जित र २ हार बेहोर्दै सुपर आठको दौडबाट बाहिरिएको छ ।

    प्रतियोगिताबाट बाहिरिएका दुवै देशका लागि यो खेलको नतिजाले कुनै असर गर्ने छैन । तर नेपालले २०१४ को विश्वकपमा दुई खेल जिते यता विश्वकपमा कुनै खेल नजितेको हुनाले यो खेल जितेर सुखद अन्त्य गर्न भने चाहन्छ । नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दै दुई जित निकालेको थियो ।

    त्यसयता विश्वकपमा नेपालले जित हासिल गर्न सकेको छैन र नेपाले यस विश्वकपमा पहिलो जितको खोजीमा रहेको छ । नेपालको सम्भावित प्लेइङ-११ मा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आरिफ सेख, लोकेश बम, बसिर अहमद, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव र शेर मल्ल ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar