ललितपुरबाट पेस्तोलसहित ३ जना पक्राउ

  • कालिका खवर
  • बुधबार, माघ २१, २०८२
  • काठमाडौँ । सशस्त्र प्रहरीले ललितपुरबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएर ललितपुर बस्ने २२ वर्षीय सुमन तामाङ, रौतहट घर भएका २२ वर्षीय सुशील स्याङतान र सुनसरीको घरान उपमहानगरपालिका घर भएका १८ वर्षीय विप्लव राई छन् ।

    मंगलबार सशस्त्रको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।

    आरोपीहरूको साथबाट सशस्त्र प्रहरीले एकथान पेस्तोल बरामद गरेको छ । आरोपीहरूमाथि अनुसन्धान गर्न स्थानीय प्रहरीलाई जिम्मा लगाइएको डीएसपी थापाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar