यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते

  • कालिका खवर
  • शुक्रबार, माघ १६, २०८२
  • चितवन । मुग्लिङ–नारायणगढ सडक खण्डको भरतपुर महानगरपालिका–२९, घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

    दाङबाट काठमाडौंतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस शुक्रबार बिहान अनियन्त्रित भई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

    प्रहरीका अनुसार दुर्घटनामा चालक र सहचालक समेत सामान्य घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था मध्यम छ । २८ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये भरतपुरस्थित मौलाकालिका अस्पतालमा १५ जनाको उपचार भइरहेको छ । पुरानो मेडिकल कलेजमा १३, मुग्लिङस्थित जनता केयर अस्पतालमा ६ र नयाँ मेडिकल कलेजमा चार जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar