समाजसेवी डा. अबुल हुसैन अन्सारीद्वारा क्यान्सर पीडित सुल्तान शाहलाई आर्थिक सहयोग

  • कालिका खवर
  • बिहिबार, माघ १५, २०८२
  • काठमाडौं । समाजसेवी डा. अबुल हुसैन अन्सारीले क्यान्सर पीडित सुल्तान शाहलाई उपचारका लागि १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

    सहयोग हस्तान्तरणका क्रममा डा. अन्सारीले मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वको भावनासहित आगामी दिनमा थप आर्थिक सहयोग जुटाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले उपचारमा आर्थिक अभावका कारण कसैको जीवन जोखिममा पर्नु नहुने उल्लेख गर्दै सबै सहयोगी मनहरुलाई आवश्यक सहयोगका लागि अगाडि आउन आग्रह गर्नुभयो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar