तनहुँमा प्रतिनिधिसभा निर्वाचन: काग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

  • कालिका खवर
  • आइतवार, माघ ४, २०८२
  • दमौली : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा नेपाली कांग्रेस बाहेकका प्रमुख राजनीतिक दलले उम्मेदवार टुङ्ग्यिाएका छन् ।

    नेकपा एमाले, नेकपा तथा उज्यालो नेपाल पार्टीले दुवै निर्वाचन क्षेत्रका उम्मेदवार सार्वजनिक गरिसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पनि उम्मेदवार टुङ्गो लागेको छ ।

    नेकपा एमालेले क्षेत्र नं १ बाट भगवती न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने क्षेत्र नं –२ बाट केदार सिग्देललाई उम्मेदवार बनाइएको नेकपा एमालेका जिल्ला अध्यक्ष हरिराज कँडेलले जानकारी दिए ।

    यसैगरी, नेकपाबाट तनहुँ–१ मा विद्यानाथ ढकाल र क्षेत्र नं–२ मा सोमबहादुर थापा (एसबी. थापा) उम्मेदवार चयन भएका छन् ।

    नयाँ राजनीतिक शक्तिका रूपमा देखिएको उज्यालो नेपाल पार्टीले पनि दुवै क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ । पार्टीले तनहुँ–१ बाट मन्जिल राना र तनहुँ–२ बाट मनराज गुरुङलाई उम्मेदवार बनाएको छ ।

    त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ बाट स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं–२ मा उम्मेदवारको नाम सार्वजनिक हुन बॉकी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar